बिग मार्टमा इसेवा तथा फोनपे मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट

काठमाडौं,असोज १५ । बिग मार्टमा सपिङ गर्दा ई–सेवा तथा फोनपे नेटवर्क मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छूट पाइने योजना पुन : सूचारू भएको इसेवा फोनपे प्रालिले बताएको छ ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उदेश्यले बिगमार्ट र ई–सेवाको सहकार्यमा शुरू भएको उक्त योजना कोरोना महामारीका कारण दोस्रो पटक गरिएको निशेधाज्ञाका कारण स्थगित भएको थियो । अहिले निशेधाज्ञा हटेसँगै उक्त योजना पुन : सूचारु भएको हो । उक्त योजना अब असोज महीनाभर जारी रहने उक्त कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उक्त योजना बिगमार्टका ५० ओटै स्टोर्समा लागू रहने छ । योजना अनुसार बिहान र बेलुका फलफुल तथा तरकारी खरीद गर्दा ई–सेवा तथा फोनपेबाट (मोबाईल बैंकिङ) क्यूआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छूट पाइने छ भने दिउँसो ११ बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छूट पाइने छ । यस्तो छूट अधिकतम रू ३ सय सम्म पाइने पनि विज्ञग्यप्तिमा उल्लेख छ ।

कोरोना महामारीका बेला सबैतिर डिजिटल भुक्तानीका लागि प्रोत्साहन भइरहेका बेला ई–सेवा र बिगमार्टले पनि डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नका लागि यो योजना शुरू गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *