कोरोना संक्रमितको संख्या ३ करोड नाघ्याे

काठमाडौं, असोज १। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ ।

पछिल्लो २४ घन्टामा ३ लाख ५ हजार ४ सय २४ नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २३ हजार ५ सय ६६ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा ६ हजार १ सय ५३ जनाको मृत्यु भएसँगै कोरोनाबाट विश्वभर ९ लाख ४४ हजार ६ सय ४० जनाको मृत्यु भइसकेको छ भने २ करोड १७ लाख ७६ हजार ७ सय ६३ जना कोरोनामुक्त भएका छन् ।

विश्वमै सबैभन्दा धेरै संक्रमित अमेरिकामा पुगेका छन् ।

अमेरिकामा हालसम्म ६८ लाख २६ हजार २ सय ६० पुगेका छन् भने त्यसपछि भारतमा ५१ लाख १५ हजार ८ सय ९३ पुगेका छन् ।

भारतमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । ९७ हजार ८ सय ५९ नयाँ संक्रमित थपिएसँगै भारतमा हालसम्म ५१ लाख बढी संक्रमित पुगेका हुन् ।

भारतमा हालसम्म ८३ हजार २ सय ३० जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घन्टामा मात्र १ हजार १ सय ३९ जनाको मृत्यु भएको छ ।

पछिल्ला दुईसातादेखि दैनिक रुपमा संक्रमितको सूचीमा भारत एक नम्बरमा रहेको छ ।