पर्वतको सहस्रधारामा पहिरोले अबरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिन पछि सुचारु !


पर्वत-भदौ ३० लगातारको बर्षाका कारण पहिरो नरोकिँदा तीन दिनदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग मंगलवार दिउँसोदेखि सुचारु भएको छ ।
लोकमार्ग अन्तर्गत पर्वत- बागलुङ सडक खण्डमा पर्ने पर्वतको कुस्मा नगरपालिका वडा नं. १ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण सडक अवरुद्ध बनेको थियो ।
आइतवार रातीदेखि रोकिएको सडक मंगलवार दिउँसो १ बजेदेखि सुचारु भएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो ।
पहिरो नरोकिएकाले सडक खुलाउन लामो समय लागेको हो उहाँले भन्नुभयो ‘अझैपनि वर्षा हुनासाथ उक्त स्थानमा जोखिमपुणर् नै रहेको छ ।’ झण्डै ५ सय मिटर माथि भिरवाट पहिरो निरन्तर झरिरहने भएकाले उक्त स्थानमा यात्रा गर्दा सावधानी अपनाउन समेत प्रहरीले आग्रह गरेको छ ।
सडक सुचारु भएसँगै लमो समयदेखि अलपत्र बनेका सवारीका साधनहरु गन्तव्यतर्फ लागेका छन् । एम्बुलेन्स, बिरामी बोेकेका साना सवारी साधन, खाद्यान्न, निमार्एण सामाग्री लगायत बोकेका सवारीसाधनहरु तीन दिनदेखि अलपत्र बनेका थिए । अहिले नियमित रुपमा सवारी अत्यावश्यक सवारीसाधनहरु संचालन भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
आज बिहानै देखि सडक खुलाउन सुरक्षाकर्मी र स्काभेटर परिचालन गरिएको र दिउँसो केहिबेर वर्षा रोकिदा पहिरो झर्ने क्रम समेत रोकिएकाले पन्छाउन सहज भएको उहाँले बताउनुभयो ।
केहि दिन यता लगातार जसो परेको वर्षका कारण पर्वतका एक दर्जन भन्दा बढि मुख्य मुख्य ग्रामीण सडकहरु समेत अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।