पर्वतका मनकारी वकिल- आर्थिक सहयोग पाएपछि कारागारको गेटबाट फर्किए सुनार

लक्ष्मण सापकाेटा पर्वत- भदौ २६ चोरी अभियोगमा पर्वत जिल्ला अदालतमा मुद्धा खेपेर धरौटी तोकिएका बागलुङका एक युवा कानुन व्यवसायीको सहयोगमा कारागारको गेटबाट फर्किएका छन् । पर्वत जिल्ला अदालतको भदौ २५ गतेको आदेशले १५ हजार धरौटीमा छुट्ने आदेश पाएका बागलुङ काठेखोला ५ विहुँका सन्तोष सुनारले कानून व्यवसायीहरुको सहयोगमा कारागार जानबाट जोगिएका हुन् ।
गाडीको व्याट्री चोरीको आरोपमा मुद्धा खेपेका सुनारलाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपनि उनीसँग धरौटी बुझाउने रकम भएपछि कारागार चलान हुने तयारीमा थिए । थोरै रकम तिर्न नसक्दा पनि कारागार जानुपर्ने अवस्था आएपछि नेपाल बार एशोसिएसन पर्वत इकाइबाट १० हजार र मानव अधिकार संगठनका केन्द्रीय सदस्य हरिनारायण रेग्मीबाट ५ हजार रकम लिएर उनको धरौटी बुझाइएको हो । रकम बुझाउन नसक्दा कारागार जाने तयारीमा रहेका सुनार धरौटी बुझाएपछि घर फर्किएका छन् ।