कृषककै बारीकाे अर्गानिक तरकारी टोलबासीको घरघरमै पुर्याउदै टोल विकास सस्था,भान्छामा अर्गानिक तरकारी पाक्न थाल्यो : उपभोक्ता

पोखरा, बैशाख २९ । लकडाउनको समयमा ताजा तरकारीको अभाव र कोरोना संक्रमण बढ्ने डर भएपछि पोखरा–७ का विभिन्न टोल विकास संस्थाहरुको सक्रियतामा कृषककै बारीको अर्गानिक तरकारी टोलभित्रका उपभोक्ताको घरघरमै सिधै पुग्न थालेको छ । कास्कीको हेम्जामा उत्पादित अर्गानिक तरकारीहरु दैनिक रुपमा घारीपाटन भित्र रहेका बिभिन्न ५ वटा टोल विकास संस्थाहरुमा पुग्न थालेपछि टोल भित्रका स्थानियहरु लाभान्वित हुन थालेका हुन ।

बजारमा जथाभावी मूल्य लिँदा सर्वसाधारण मारमा परेकोले आफुँहरुले हेम्जामा उत्पादन हुने तरकारी टोलमा ल्याएर सुलभ मुल्यमा बितरण गरेको तीनकुने टोल विकास संस्थाका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए । “यो बिषम अवस्थालाई मध्यनजर गर्दै कृषककै मूल्यमा टोल छिमेकमा घुुम्ती सेवामार्फत बिक्री वितरण गर्दै आएका छौँ” श्रेष्ठले भने । तरकारी खरिद र बिक्री वितरण गर्दा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सामाजिक दूरीलाई समेत विशेष ध्यान दिने गरिएको छ । अप्ठ्यारो परेको बेला आफ्ना लागि मात्र सोच गर्ने नभइ सिङ्गो समाजलाई सहयोग गर्नुपर्दछ भन्ने सोचका साथ अभियान शुरु गरिएको अध्यक्ष श्रेष्ठले साझाडबलीलाई बताए ।

लकडाउनका कारण घरमै बस्नुपर्ने र बजार पनि बन्द भएपनि टोलमै अर्गानिक तरकारी आउन थालेपछि भान्छामा मिठो खाना पाक्न थालेको र बजार धाउने समयको पनि बचत भएको स्थानिय टोलकी उपभोक्ता सुनिता सुनारले बताईन । “दैलोमा टोल बिकास संस्थाले तरकारी ल्याईदिएको छ, बजार जाने समयको बचत भएको छ” उनले भनिन ।

तरकारीको बजार मुल्य भन्दा सस्तो तरकारी दिनदिनै ताजा पाउन थालेपछि आफुहरुलाई लकडाउनको खासै महशुस नभएको स्थानिय उपभोक्ता उत्तम गुरुङले बताए । उनले भने “लकडाउनको समयमा टोल विकासको सक्रियता निकै राम्रो भएको छ” ।

सामान तथा तरकारी लिन बाहिर बजारमा जाँदा अन्य फरक समुदाय तथा व्यक्तिहरुको सम्पर्कमा रहन नपर्ने भएपछि टोलभित्रै त आफ्नै परिवारमा बसे जस्तो महशुस भएको उपभोक्ता सुमित्रा आर्चायले बताईन । “आफ्नो टोल भित्र त सबै परिवारका सदस्य जस्तै मिलेर बसेका छौँ, बजारमा किनमेलमा जाँदा अन्य व्यक्तिसंग सामाजिक दुरी कायम नहुनाले टोलमै ताजा,सस्तो र स्वच्छ तरकारी आउँछ थप सहजता भएको छ” उनले खुसि हुदै भनिन ।

लकडाउन बेला तरकारी बिक्रि नभएर हैरान भएका कृषक पनि बारीबाट नै तरकारी उठ्न थालेपछि थप उत्साहित भएका छन । बजार बन्द भएपछि बारीको तरकारी कुहिने चिन्तामा रहेका हेम्जाका कृषक कृष्ण पौडेलले भने “आजकाल घारीपाटन टोलका उपभोक्ता आफैँ गाडी लिएर हाम्रो बारीमै दैनिक तरकारी लिन आउनुहून्छ, हाम्रो तरकारीले लकडाउनमा पनि बजार मुल्य पाएको छ” । छिट्टै बिग्रीने गोलभेडा, बन्दा, सिमी, काक्रो तथा आलु लगायतको तरकारी बारीबाटै अरु बेला जस्तै लकडाउनको बेला पनि उपभोक्ताहरुको घरदैलोमा पुग्दा निकै खुसी भएको हेम्जाका अर्का कृषक दुर्गा सुनारले बताए ।

पोखरा–७ घारीपाटन भित्र तीनकुनेचोक, प्रगति,राधाकृष्ण,घारिपाटन र प्रगतीनगर लगायत पांचवटा टोल विकास सस्थाहरुको सक्रियतामा ताजा र सस्तो मुल्यमा, टोल विकास संस्थाले ढुवानी खर्च बेहोर्ने गरि दैनिक दुई हजार भन्दा बढि तरकारी टोलमा बिक्री बितरण गरीदै आएको छ । समयको सदुपयोग तथा स्वास्थ्यमा बिशेष ध्यान पु¥याउँदै एक साता अघिबाट सुरु गरिएको टोलमा तरकारी बिक्रि बितरणले कृषक र उपभोक्तालाई जोडेर सकारात्मक सन्देश दिनुका साथै बिषाधीमुक्त अर्गानिक उपभोगको स्वाद तथा तरकारीमा बढि मुल्य तिर्नबाट उपभोक्ता मुक्त भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *