समाचार

समाचार

पर्वतमा थप दुई जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ११२ पुग्यो

लक्ष्मीप्रसाद सापकोटापर्वत भदाै २६ – पर्वतमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ का ६८ वर्षिय बृद्ध र वडा नं. ४ का २३ वर्षिय एक पुरुषमा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । दुवै जना कन्ट्रयाक्ट ट्रेसिङमा परेको निर्देशनालयले जनाएको छ । संक्रमितहरुलाई कुश्माको आइशोलेशन […]

Read More

मुस्ताङमा स्याउ टिप्न सुरु, उत्पादन २० प्रतिशत कम

एसके थकालीजोमसोम भदाै २६ हिमाली जिल्ला मुस्ताङमा यस सिजन फलेको स्याउ टिप्न सुरु भएको छ । स्याउ बगैचा धनीहरुकै समन्वय र व्यवस्थापनमा मुस्ताङ आइपुगेका व्यापारीले यहाँका कृषकको बगैंचामा फलेको स्याउ संकलन गर्न जुटेको पाइएको हो । यस वर्ष मौसमी आद्रता र बढी मात्रामा वर्षा भएकाले थासाङ गाउँपालिकाको कोबाङ, टुकुचे र सौरुमा स्क्याप रोग देखिएको छ […]

Read More

हजुरआमासँग सिप सिक्दै

कोरोनाका कारण विद्यालय सञ्चालन नभएपछि स–साना नानीहरुले परम्परागत सीप सिक्न थालेका छन् । घरमा आमा तथा हजुरआमाले जानेका सीप ढकिया, गुन्द्री बुन्ने सीपहरु उनीहरुले सिक्न थालेका हुन् । घोराही उपमहानगरपालिका ६ गुरुवागाउँका चौधरी समुदायका सानानानीहरु कोरोनाका कारण विद्यालय जान नपाएको समयमा हजुरआमासंग घरेलु सामान बनाउन व्यस्त भेटिए । कक्षा ७ मा अध्यनरत रिता चौधरीले ढकिया […]

Read More

बुढानिलकण्ठबाट लागु औषध कारोवारी ३ जना पक्राउ !

भदौ २ ४ , महानगरीय महानगरीय प्रहरी परिसर काठमाडौँको बिशेष टोलिले काठमाडौँको बुढानिलकण्ठबाट अबैध लागुपदार्थको कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । ना.३ ख.९८९ नं.को कन्टेनरमा अबैध लागु औषध ओसार पसार गरी भक्तपुर जिल्ला, भक्तपुर न.पा. वडा नं. १ स्थित सल्लाघारी एरियामा कारोवार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको महानगरीय […]

Read More

पर्वतको कुश्मामा करदाता सेवा कार्यालय स्थापना

लक्ष्मीप्रसाद सापकोटापर्वत, २४ भदौ । पर्वत सदरमुकाम कुश्मामा करदाता सेवा कार्यालय स्थापना भएको छ । आन्तरिक राजश्व कार्यालय बागलुङले करादाता सेवा कार्यालयको रुपमा सोमबारदेखि कुश्माबजारवाट कारोवार शुरु गरेको हो ।निजामति सेवा दिवसको अवसर पारेर करदाता सेवा कार्यालयले सेवा प्रारम्भ भएको छ । लामो समयदेखि प्रदेश राजधानी पोखरा र विगत दुई वर्षदेखि छिमेकी जिल्ला बागलुङ्गबाट दिदै […]

Read More

पर्वतमा आज राती १२ बजे देखि यातायात ठप्प, जिल्ला वाहिर आवतजावत कडाई

लक्ष्मण सापकाेटा ,पर्वत समुदायमा कोरोना नदेखेएिको पर्वतमा कोरोना समुदायमा फैलन नदिन आज रातीदेखि थप कडाई गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा सोमवार विहान बसेको सर्वपक्षिय, सर्वदलीय बैठकले आज राती १२ बजेदेखि लागु हुने गरी सार्वजनिक यातायातका साधनहरु पुर्ण रुपमा बन्द गर्ने निणर्य गरेको छ । त्यस्तै छिमेकी जिल्लावाट खाद्यान्न र अत्यावश्यक सामाग्री लिएर […]

Read More

अनलाइन विधिबाट सोह्र श्राद्ध गर्न तिलोत्तमाको आग्रह

बुटवल । समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आउँदै गरेको सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न आग्रह गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमण नियन्त्रणका लागि सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न/गराउन नगरवासीमा आग्रह गरेको हो । ‘एकजना पुरोहित धेरैजना यजमानको घरमा श्राद्ध गराउन जाने प्रचलन रहेकाले यसपटक कोरोना भाइरस […]

Read More
kala

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंकाे पाेल्टामा

काठमाण्डौ, ।  नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाल्न सफल भएका हुन। दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता […]

Read More

पर्वतमा टुट्टा किराको प्रकोपले तरकारीमा ठुलो नोक्सानी

पर्वत –  पर्वतका व्यावसायिक कृषकहरुले लगाएको खेतीवालीमा टुट्टा नामक किराको प्रकोप बढेको छ ।खुल्ला ठाउँमा र प्लाष्टिक टनेल गरी दुबै किसिमका स्थानमा लगाएको व्यावसायिक तरकारी खेतीमा टुट्टा किराको आक्रमण फैलिन थालेपछि किसानहरु समस्यामा परेका छन् । मौसममा आएको खराबीका कारण बिशेष गरी गोलभेँडामा यो किराको संक्रमण बढेको कृषि ज्ञान केन्द्र पर्वतले जानकारी दिएको छ ।जिल्लाको कुश्मा […]

Read More

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४० लाख नाघ्यो

एजेन्सी। विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यलायको तथ्यांकले देखाएको छ । त्यस्तै, कोभिड–१९ मा ज्यान गुमाउनको संख्या २ लाख ७७ हजार नाघेको छ । महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित देश रहेको छ । विश्वका कूल संक्रमित र ज्यान गुमाएका मध्ये एक तिहाई भन्दा बढी अमेरिकामा रहेका छन् । विज्ञहरुले संक्रमितको संख्या […]

Read More