म्याद गुज्रेका खाद्यवस्तु बजारभरि, ग्राहक झुक्याउन विशाल ग्रुपको यस्तो खेल

असोज १६ काठमाडौं – उपभोक्ताको स्वास्थ्यको कुनै प्रवाह नगरी म्याद गुज्रेका खाद्यवस्तु विक्री गर्ने विशाल ग्रुपको ठगिधन्दा सतहमा आएको छ।

बिहीबार महानगरीय प्रहरी अपराध महाशाखा, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले काठमाडौंको कलंकीस्थित ३ वटा व्यापारिक स्टोरमा छापा मार्दा विशाल ग्रुपले उत्पादन गरेका म्याद गुज्रेका खाद्यवस्तुमा पुनः नयाँ म्याद राख्दै गरिएको भेटिएको हो।

यस्तो आपराधिक गतिबिधिमा संलग्न कम्पनीहरुमा आयान डिस्ट्रिब्युटर र अमेजन डिस्टिब्युटर रहेको र तिनको कनेक्सन विशाल ग्रुपसंग रहेको अनुसन्धानबाट खुल्न आएको छ।

म्याद सकिएको खाद्य वस्तुमा नयाँ स्टिकर लगाई फेरि बजारमा पठाउने तयारी गर्दै गर्दा प्रहरीले ८ जनालाई पक्राउ समेत गरेको छ।

स्निकर, आलु चिप्स, बिस्कुटलगायतका खाद्य बस्तुमा नयाँ मिति राख्दै बजारमा पुर्याउने विशाल ग्रुपले यसरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *