
सुरज भुसाल,असोज १६ काठमाण्डौ, आन्तरिक राजश्व विभागले सम्पुर्ण करदाता लाई आफन्नो ठेगना तथा सम्पर्क (KYT )अध्यावधिक गर्न निर्देशन दिएको छ ।
व्यक्ती आफैले आफन्नो ठेगना तथा सम्पर्क (KYT) अध्यावधिक आफैले गर्न सकिने अनलाईन सेवा सुरु गरेको छ ।
कर वुझाउने अन्तिम समयमा यो निर्देशन लागु गरे पछी भने व्यवसायी रुष्ट बनेका छन (KYT)अध्यावधीक नभए सम्म कर चुक्ता लिन तथा विवरण पेश गर्न नसकिने जानकारी विभागले गरेको छ ।
यस भन्दाअगाडी फरक सम्पर्क नम्बर र फरक व्यक्तीको नाममा व्यवसाय दर्ता गरी किर्ते काम गर्ने लाई भने यो निर्देशन लागु भएपछी टाउको दुखाईको विषय हुन सक्ने अनुमान गरीएको छ ।