
पर्वत , असोज १६ , पर्वत जिल्लाको फलेवास नगरपालीका साविक देवीस्थान ८ को मरेघाट (मरेठाटी) विनास हुदै गएको छ ।
करीब साविक एक दर्जन गा.वि.स हरु शकंरपोखरी,लिमिठाना,भगरा,कार्कीनेटा,थापाठाना,देविस्थान,खानीगाँउ,ठानामौला,घण्टे देउराली लगायत स्याङजाको दरौ सिरुवारी को समेत मृत्यु संस्कारको लागी लगिने दाहसंस्कार स्थल मरेघाट (मरेठाटी) संरक्षण हुनु पर्ने मा अवैध वालुवा गिट्टी उत्तखनन ले घाट विनास हुदै गएको छ ।
यसको संरक्षण तथा अवैध उत्खनन लाई रोक्न स्थानिय सरकार ले चासो नदिएको गुनासो त्यहाँका स्थानियको छ ।
मरेघाट (मरेठाटी) लाई संरक्षण गर्न र यसलाई उत्खनन बाट जोगाउन प्रयास गरीराख्नु भएका सामाजिक व्यक्ती स्थानिय बासी बालकुष्ण भुसालले गुनासो गर्दै भन्नु हुन्छ स्थानिय सरकारले हामीलाई छुन सकेन यस्तो महत्पुर्ण घाट हेरीदैन भने के अर्थ भयो स्थानिय सरकारको ।
अवैध कार्यलाई पुर्ण रोकी घाट संरक्षण गर्न स्थानिय सरकारले ध्यान दियोस भन्ने हाम्रो जोड हो मृत्यु पछाडी आएर जोडीने यस घाट पुन संरक्षण होस फलेवास नगरपालीकाले उदारणीय कार्य गरोस ।