
सुरज भुसाल,असोज १५ काठमाण्डौ, आन्तरिक राजश्व विभागले अब देखी अन्तशुल्क इजाजत पत्र सम्बन्धीत व्यक्ती आफैले नविकरण गर्न सकिने अनलाईन सेवा सुरु गरेको छ ।
यहाँ भन्दा अगाडी सम्बन्धीत व्यक्ती नै कार्यालय मा उपस्थित भए मात्र अन्तशुल्क इजाजत पत्र नविकरण हुने गरेको थियो त्यो अवस्थालाई हटाई सहज तरिकाले इजाजत पत्र नविकरण गर्न सकिने प्रविधी आन्तरिक राजश्व विभागले ल्याएको हो ।
अन्तशुल्क वापतको दस्तुर भने Connect IPS बाट भुक्तानी गर्न सकिने विभागले जनाएको छ ।
