सरकारको निर्देशन टेर्दैन नर्भिक अस्पताल, पिसिआर परिक्षणमा अझै कायम छ लुटधन्दा

असोज ७ काठमाडौँ, पछिल्लो समय सरकारले कोरोना परिक्षणको शुल्क घटाएर सरकारी र निजी सबै ल्याबमा सबै किसिमका शुल्कसहित पिसिआर परिक्षणमा दुई हजार रुपैयाँ भन्दा बढी नलिन निर्देशन दिएको छ तर सिंहदरबारको छेउमै रहेको नर्भिक अस्पतालले भने सरकारको निर्देशनको अबज्ञा गर्दै पिसिआर परिक्षणको शुल्क ४४०० रूपैया असुल्दै आईरहेको छ ।

.jpg

स्वास्थ्यामन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले भदौ २८ गते देखि बजारमा रिएजेन्ट र पीसीआरका अन्य सामानको मूल्य घटेको भन्दै सरकारी र निजी सबै ल्याबमा पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकिएको जानकारी दिएका थिए । राजधानीका अन्य निजि तथा सरकारी ल्याबहरुले अहिले पिसिआर परिक्षणको शुल्क सरकारले तोके बमोजिम गरिरहेका छन।सरकारले सुरुमा पिसिआर परिक्षणको शुल्क ५५०० तोकेको थियो त्यसपछि ४४०० रुपैया तोकेको थियो र अहिले अधिकतम २००० रुपैया तोकेको छ ।

पिसिआर परिक्षणको शुल्क अधिकतम २००० रुपैया तोकेको स्वास्थ्य मन्त्रालयले तोकिएको शुल्क भन्दा बढी लिने अस्पतालहरुलाई कारबाही गरिने बताएको छ । ”हामीले पिसिआर परिक्षणको सबै खर्चलाई मध्यनजर गरेर शुल्क समायोजन गरेका छौ तोकिएको शुल्क भन्दा बढी शुल्क लिने ल्याब/ अस्पतालहरुलाई कानुन बमोजिम कारबाही गर्छौ स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले भने” ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *