कैदीबन्दीकाे मृत्यु प्रकरण बारे मुख खोल्यो वीर अस्पतालले

काठमाण्डाै – वीर अस्पतालमा ज्यान गुमाएका एक कैदीबन्दीकाे शवबारे मङ्गलबार साँझ विज्ञप्ति निकाल्दै अस्पतालले मुख खोल्दै सामाजिक सञ्जालमा विवादास्पद कुरा आएकाे भन्दै आपत्ति जनाएकाे छ ।

कोरोना सङ्क्रमित ती व्यक्तिलाई असोज ३ गते राति वीर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । उनको आकस्मिक कक्षमा ल्याएर जाँच गर्ने बित्तिकै मृत्यु भइसकेको थियो, त्यसकाे जानकारी परिवारलाई दिएका हाैँ । सेन्टर जेलबाट आएकाले त्यहाँ कोभिडको धेरै केस भएकाले पीसीआर गर्नुपर्ने भएर असोज ४ गते जाँच गर्न नमुना पठाएकाेमा ५ गते रिर्पोट पोजेटिभ आएको हो’, विज्ञप्तिमा भनिएकाे छ । 

गर्मीका कारण ती व्यक्तिकाे शरीर बिग्रन लागेको र कोभिड भएका व्यक्तिको शव अन्यले छुन नमिल्ने भएकाले शव राख्ने स्थानमा राखेको अस्पतालले जनाएकाे छ । 

‘परिवारले बिग्रन लागेको शरीर देखेकाले हत्या गरिएको आशङ्का गरेको तर त्यस्तो होइन’ विज्ञप्तिमा भनिएकाे छ, ‘प्रहरीको रोहबरमा परिवारलाई शव देखाउने कार्य भइरहेको र त्यसपछि सेनाले शव व्यवस्थापन गर्ने छ ।’ 

साथै अस्पताल प्रशासनले मेडिकल अवस्थालाई नबुझी केही सञ्चारमाध्यममा आँखा निकालिएकाे, चाेटपटक लागेकाे, घाँटी काटिएकाे जस्ता भ्रामक प्रचार भएकाे भन्दै अस्पताल प्रशासनले त्यसमा यथार्थता नभएकाे जनाएकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *