काठमाडौं लगायत अन्य जिल्लामा भुकम्प काे धक्का ।

सुरज भुसाल भदौ ३१ , बुधबार बिहान ५.१९ को समयमा काठमाडौं लगायत अन्य जिल्लामा भुकम्प काे धक्का । राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टर स्केलको भूकम्प गएको छ । केन्द्रले सिन्धुपाल्चोकको राम्चेलाई केन्द्र बनाएर बिहान ५ः१९ बजे भुकम्प महसुस गरिएको जनाएको छ । भूकम्पको धक्का काठमाडौंसहित देशका अरू भागमा पनि महशुस गरिएको थियो। क्षतिबारे भने विस्तृत विवरण आइसकेको छैन।