असोज ५ देखि आन्तरिक उडान र लामाे दुरीका यातायात खुल्ने ।

काठमाडौं, भदाै ३० बन्द भएको झन्डै ६ महिनाकाे लामाे अवधी पछि आन्तरिक उडान र लामो दूरीका सार्वजनिक यातायात असाेज ५ गतेबाट खुल्ला गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्ले सोमबार आवश्यक मापदण्ड पूरा गरेर उडान र यातायात खोल्ने निर्णय गरेको हो ।

सरकारले निर्णय नगर्ने हो भने असोज १ गतेदेखि लामो दूरीका सवारीसाधन चलाउने चेतावनी यातायात व्यवसायीले दिएका थिए । यसअघि गत साउन ६ गते लकडाउन खुलेका बेलासमेत लामो दूरीका सवारीसाधन सञ्चालन गरिएको थिएन ।

त्यसपछि सरकारले भदौ ५ देखि सार्वजनिक सवारीसाधन चलाउने निर्णय गरेको भए पनि कोरोना संक्रमितको संख्या बढेपछि निर्णय बदर गरिएको थियो ।