राजस्व संकलनमा ७ प्रतिशतको वृद्धिदर ।

भदाै २६, काठमाण्डाै, आर्थिक वर्ष २०७६।०७७ मा विभागलाई रु. ५०६ अर्व १८ करोडको लक्ष्य प्राप्त भएकोमा उक्त लक्ष्य मध्ये रु. ३८४ अर्व ४० करोड संकलन भई लक्ष्यको तुलनामा ७५.९४ प्रतिशत प्रगति भएको छ जुन गत आर्थिक वर्षको यसै अवधिको संकलनको तुलनामा रु २५ अर्व ९९ करोड अर्थात ७ प्रतिशतले बढी हो । शीर्षकगत रुपमा हेर्दा आयकरतर्फ रु २८० अर्व ३५ करोड लक्ष्य रहेकोमा रु २१७ अर्व ३५ करोड संकलन भई लक्ष्यको तुलनामा ७७.५३ प्रतिशत प्रगति भएको आन्तरीक राजश्व विभागले कर बुलेटीन मार्फत जनाएको छ ।

मूल्य अभिवृद्धि करतर्फ रु. ११८ अर्व ३८ करोडको लक्ष्यमा राजस्व संकलनमा….. रु ९८ अर्व २३ करोड संकलन भई लक्ष्यको तुलनामा ८२.९८ प्रतिशत प्रगति भएको छ । अन्तःशुल्कमा १०६ अर्व ३० करोड लक्ष्य रहेकोमा ६४ अर्व ७९ करोड संकलन भई लक्ष्यको ६०.९५ प्रतिशत प्रगति भएको छ । त्यसैगरी शिक्षा सेवा शुल्कमा रु.११५ करोड लक्ष्यमा रु.५८ करोड संकलन भई लक्ष्यको तुलनामा ५०.६५ प्रतिशत प्रगति भएको छ ।