पर्वतमा थप दुई जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ११२ पुग्यो

लक्ष्मीप्रसाद सापकोटा
पर्वत भदाै २६ – पर्वतमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ का ६८ वर्षिय बृद्ध र वडा नं. ४ का २३ वर्षिय एक पुरुषमा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ

। दुवै जना कन्ट्रयाक्ट ट्रेसिङमा परेको निर्देशनालयले जनाएको छ । संक्रमितहरुलाई कुश्माको आइशोलेशन अस्पतालमा लैजाने तयारी भएको सिसीएमसी पर्वतले जनाएको छ । उहाँहरु सँगै पर्वतमा कोरोना संक्रमितको संख्या १ सय १२ पुगेको छ । यस अघि १ सय ३ जना उपचारपछि फर्किसकेका छन् भने ९ जनाको आइशोलेशनमा उपचार भैरहेको छ ।