कुलमान घिसिङ आगामी चार बर्षको लागि निरन्तरता, मन्त्रिपरिषद् बैठकबाट निर्णय आज हुँदै !

भदौ २६ काठमाडौँ, आगामी भदौ २९ गतेबाट चारबर्षे कार्यकाल सकिन लागेको बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निरन्तरता होला कि नहोला भन्ने चासो आम जनमानसमा समेत छ । केहि बर्ष पहिले नेपालमा १८ लोडसेडिङको मारमा परेका आम जनतापनि कुलमान घिसिङलाई आगमी चार बर्षको लागि दोहोराउनुपर्ने पक्षमा रहेका छन्

आमजनताले समेत चासोका साथ हेरेको बिधुत प्राधिकरणको कार्यकारी निर्देशकको बिषयमा आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट घिसिङलाई नै आगामी ४ बर्षको लागि जिम्मेवारी दिने लगभग निश्चित भएको र उनको नयाँ कार्यकाल चार वर्षको नै हुने उच्च स्रोतले सुनौलो नेपाललाई जानकारी दिएको छ ।उर्जामंत्री बर्षमान पुनले पनि  कुलमान घिसिङको कार्यकाललाई निरन्तरता दिनेगरी मन्त्रिपरिषद्को आज बस्ने लागेको बैठकमा प्रस्ताव लग्ने जानकारी प्रधानमन्त्री केपी शर्मा ओली निकटलाई दिइसकेका छन्। 

केहि बर्षपहिले करिब ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण अहिले पाँच अर्ब र्सञ्चित नाफामा पुगेको प्राधिकरणलाई  नाफामा पुर्‍याउँदै लोडशेडिङ अन्त्य गरेका घिसिङको आगामी कार्यकाल चुनौतीपूर्ण  भने पक्कै रहेको छ। भारतबाट आयात हुने इन्धनलाई विस्थापित गर्न ऊर्जाको माग र खपत दुवैलाई बढाउदै लैजानु घिसिङको कार्यकालको प्रमुख चुनौती हो ।

कोरोनाभाइरसको महामारीका कारण निर्माणको अन्तिम चरणमा पुगेका माथिल्लो तामाकोशीजस्ता जलविद्युत् आयोजनाको काम पूरा हुन ढिलो हुने देखिएकाले ऊर्जा उत्पादन वृद्धिको सरकारी लक्ष्य र आँकडा अनिश्चित बनेको छ।

तर कोरोनाभाइरस महामारीको अवस्थाका कारण केही महिना ढिलो चाँडो हुन गए पनि आगामी वर्षहरूमा बिजुलीको मागभन्दा धेरै उत्पादन हुने देखिन्छ।त्यस्तै आज बस्ने मन्त्रिपरिषद्को बैठकले सरकारको प्रबक्ताबारे निर्णय गर्ने पनि बुझिएको छ ।यसअघि सञ्चारमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडा मनोनित अवधि सकिएपछि सरकारको प्रवक्ताको जिम्मेबारीपनि प्रधानमन्त्री ओली सम्हालिरहेका छन् ।