पर्वतमा आज राती १२ बजे देखि यातायात ठप्प, जिल्ला वाहिर आवतजावत कडाई

लक्ष्मण सापकाेटा ,पर्वत

समुदायमा कोरोना नदेखेएिको पर्वतमा कोरोना समुदायमा फैलन नदिन आज रातीदेखि थप कडाई गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा सोमवार विहान बसेको सर्वपक्षिय, सर्वदलीय बैठकले आज राती १२ बजेदेखि लागु हुने गरी सार्वजनिक यातायातका साधनहरु पुर्ण रुपमा बन्द गर्ने निणर्य गरेको छ ।

त्यस्तै छिमेकी जिल्लावाट खाद्यान्न र अत्यावश्यक सामाग्री लिएर आउने गाडीमा सवारी चालक र सहचालकलाई मात्र जिल्ला भित्रन अनुमती दिईने भएको छ । अन्य यात्रुलाई भने प्रवेश निषेध गर्ने निणर्य भएको छ । वैठकले जिल्लाका ग्रामीण क्षेत्रमा पनि खाद्यान्न र अन्य तरकारी फलफुल बोकेका गाडी बाहेक यात्रुबहाक बस र जीपलाई पनि एक साता बन्द गर्ने निणर्य भएको सिसीएमसी पर्वतले जनाएको छ । सिसीएमसीका अनुसार जिल्लामा संचालित सहकारी संस्थाहरुले आन्तरिक कारोबार गरेपनि घर दैलोमा पुगेर बचत संकलन गर्ने कार्य समेत रोक्नका लागि कुश्मा नगरपालिकालाई अनुरोध गरिने भएको छ ।

कुश्माबजारमा मात्र झण्डै एक सयको हाराहारीमा सहकारी संस्थाहरु रहेका छन् । छिमेकी जिल्लामा कोरोना समुदाय स्तरमा फैलिएको कारण जिल्लालाई सुरक्षित गर्न यस्ता निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । यस अघि देखिनै संक्रमण समुदाय स्तरमा जान नदिनका लागि नाकामा चेक जाँचमा कडाई गर्दै अत्याबश्यक काममा बाहेक जिल्ला भित्रन र बाहिरीन कडाई गरिएको थियो । त्यही मौकालाई छोपेर पर्वतमा दाङ्गबाट आइपुगेका ४५ जना मजदुरलाई फिर्ता पठाइएका थियो । यसैगरी विदेशवाट आउनेहरुलाई पुरानै पद्धती अनुसार पुलिङ क्वारेन्टाईनमा र छिमेकी जिल्लावाट आउनेहरुलाई सम्वन्धित पालिकाको क्वारेन्टाईनमा अनिवार्य १४ दिन राख्ने निणर्य समेत वैठकले गरेको छ ।