पर्यटन बोर्डले पर्यटन मजदुरलाई तत्काल रोजगार दिने ।

सुरज भुसाल सोम, बैशाख २९,२०७७

काठमाडौं, वैशाख २९ । नेपाल पर्यटन बोर्डले १ हजार पर्यटन मजदुरलाई तत्काल काम दिने गरी गृहकार्य सुरु गरेको छ। संयुक्त राज्य विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा १ हजार जनालाई काम दिने गरी छलफल भइरहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा। धनन्जय रेग्मीले जानकारी दिए।

पर्यटन क्षेत्रमा रहेका दक्ष कामदारलाई यो विपद्को बेलामा राहत दिने गरी बोर्डले रोजगारी सिर्जनाका लागि पहल सुरु गरेको हो। सरकारले प्रधानमन्त्री स्वरोजगार कोष, राहत कोष, विभिन्न संघसंस्थासँग मिलेर रोजगारी सिर्जनाका लागि काम गरिरहेको छ। बोर्डले भने आफ्नै पहलमा पर्यटन मजदुर रोजगारका लागि काम अघि बढाएको बताएको छ।

यूएनडीपीसँगको प्रारम्भिक छलफलअनुसार हिमाल सरसफाइ, पदमार्ग निर्माण, काठमाडौंका सम्पदा सरसफाइ र नदी सरसफाइका लागि मजदुर परिचालन गरिनेछ। यसमा जुन मजदुर जेमा आबद्घ छन् त्यसमा काम गर्न सक्ने बताइएको छ। हिमाल आरोहणमा संलग्नले हिमाल सरसफाइ, पदयात्राका मजदुरले पदमार्ग निर्माण, टुरिष्ट गाइडको काम गर्नेले सम्पदा सरसफाइ र र्‍याफ्टिङ पेसामा आबद्घले नदी सरसफाइमा काम पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *